नेपाल सरकार
ऊर्जा मन्त्रालय
सूचना
सामान्य प्रशासन मन्त्रालयको मिति २०६८।४।८ को पत्रानुसार निजामती सेवा नियमावली, २०५० को नियम ११६क मा व्यवस्था भएको निजामती सेवा पुरस्कार (आ.व. २०६७।६८) को लागि सामान्य प्रशासन मन्त्रालयमा नाम सिफारिस गरी पठाउनु पर्ने भएकोले यस मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरुले आफूले निजामती सेवा पुरस्कार पाउनु पर्ने आधारहरु खुलाई मिति २०६८।४।२३ गतेसम्म यस मन्त्रालयमा दाबी पेश गर्नु हुन अनुरोध छ ।